aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

पीपीई सामग्री लगाएर सेल्फि नखिच्न स्वास्थ्यकर्मीलाई निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
पीपीई सामग्री लगाएर सेल्फि नखिच्न स्वास्थ्यकर्मीलाई निर्देशन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्चलाई स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्वपेप्मेन्ट(पीपीई) सामनको दूरुपयोग गरिरहेको प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 मंगलबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रालयका सल्लाहकार तथा विज्ञ डा. खेम कार्कीका अनुसार पीपीई सामग्री लगाएर सेल्फि फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको भेटिएको बताए । उनले भने,  तीन चार जनाले पीपीई लगाई एक जनाले रगतको स्याम्पल लिएको फोटो सामाजिक सञ्जालमा राखेको देखियो । 

पीपीई सामग्री सरकारले दुख गरेर ल्याएको हो यसको दुरुपयोग नगर्न र भोलि बास्तविक रुपमा नेपालमा भाइरसको प्रकोप महामारी भएको खण्डमा हामीलाई भयाभ स्थिति आउन सक्छ त्यसैले पीपीईको प्रयोग आवश्यकता ठाउमा भन्दा अन्य स्थानमा प्रयोग नगर्न उनले आग्रह गरे । 

प्रतिक्रिया दिनुहोस