aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गायिका कनिका कपूरको पाचौँ रिपोर्ट पनि पोजेटिभ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १८ चैत्र २०७६
गायिका कनिका कपूरको पाचौँ रिपोर्ट पनि पोजेटिभ

भारत । कोरोना भाइरसबाट संक्रमित बलिउड गायिका कनिका कपूरको पाचौँ रिपोर्ट पनि पोजेटिभ आएको छ । मंगलबार पाँचौ रिपोर्टमा पनि उनलाई कोरोनाको संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

११ दिनदेखि उत्तर प्रदेशको राजधानी लखनऊमा रहेको पीजीआई अस्पतालमा उपचाररत उनको पाँचौँ पटकको परीक्षणमा पनि कोरोनाको संक्रमण देखिएकोमा उनको परिवारका सदस्यसमेत चिन्तित बनेका छन्।

यता, अस्पतालले भने उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको जनाएको छ। पीजीआई अस्पतालका अनुसार कनिकालाई कोरोनाका गम्भीर लक्षणहरु देखिएका छैनन्। उनको अवस्था सामान्य रहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस