aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सवारी साधनमा कर बढाउने निर्णय छ महिनासम्मका लागि रोक्ने ट्रम्पको घोषणा

  • एएफपी
    एएफपी
  • शुक्रबार, ०३ जेठ २०७६
सवारी साधनमा कर बढाउने निर्णय छ महिनासम्मका लागि रोक्ने ट्रम्पको घोषणा

 वासिङ्टन ।  अमेरिकाले खरिद गर्दै आएका सवारी साधनमा १० प्रतिशतबाट २५ प्रतिशत बढाउने भनिएको  कर वृद्धि तत्कालका लागि नबढाइनेअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार घोषणा गर्नुभएको छ ।

अमेरिकाका व्यवसायिक साझेदार मुलुकहरूसँगको कुराकानीपछि ह्वाइट हाउसद्वारा जारी ट्रम्पको घोषणामा भनिएको छ, “व्यापार प्रतिनिधिले निर्णय र यसको नतिजाबारे आगामी १८० दिनभित्र जानकारी गराउनेछन् । त्यसपछि थप निर्णय लिइनेछ ।” 

अमेरिकी राष्ट्रपति ट्रम्पले सवारी साधन (कार)मा थप २५ प्रतिशत दण्डजन्य करवृद्धिको घोषणा शनिबारसम्ममा गर्ने सिमारेखा तय गरेपछि अमेरिकासँग व्यवसायिक सहकार्य गर्दै आएको खासगरी यूरोपेली संघ ९इयू० तथा जापान, मेक्सिको र क्यानडाले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले बदलामा अमेरिका निर्यात हुने मोटरसाइकल, सुन्तलाको रस, ह्वीस्की र नीलो जीन्स कपडामा भारी करवृद्धिको घोषणा गरिसकेका थिए ।

सवारी साधनको कारोबारमा विदेशी अस्वस्थ प्रतिस्पर्धाका कारण अमेरिकी गाडी कम्पनी क्षेत्रमा कमी देखिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारसमेत दावी गर्नुभएको छ ।

अमेरिकी बाणिज्य मन्त्री विल्बर रोसद्वारा जारी प्रतिवेदनमा उहाँले अमेरिकाको शेयर बजार खुम्चिनुमा गाडीको कारोबारमा देखिएको हलचल जिम्मेवार रहेको र यसका कारण अमेरिकी सवारीसाधनको बजार अनुसन्धान, विकास र निर्माणमा असर परेको बताउनुभएको छ । यसका कारण अमेरिकी व्यवसायिक सुरक्षामा समेत प्रभाव परेको रोसको दावी छ । 

प्रतिक्रिया दिनुहोस