aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको वृद्धिदर झन्डै दोब्बर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
अमेरिकामा कोरोनाको कारण मृत्यु हुनेको वृद्धिदर झन्डै दोब्बर

काठमाडौं । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भइरस (कोभिड १९)को संक्रमितको संख्या ८ लाख ५८ हजार ८१ जना पुगेका छन् । त्यसमध्ये ४२ हजार १४६ जनाको मृत्यु भएको छ । 

पछिल्लो समयमा अमेरिका र इटालीमा कोरोनाको संक्रमणबाट मृत्यु हुने र संक्रमित दुबैको संख्या वृद्धि अन्य देशको तुलनामा धेरै देखिएको छ । अमेरिकामा मंगलबार १ लाख ६३ हजार ४९० जना संक्रमित रहेकोमा बुधबार यो संख्या १ लाख ८८ हजार २७६ पुगेको छ भने मृत्यु हुनेको संख्यामा मंगलबारभन्दा दोब्बर सख्याले वृद्धि भएको देखिएको छ । 

 अमेरिकामा मंगलबार १.१४८ प्रतिशत अर्थात ३ हजार १४८ को मृत्यु भएको थियो भने यो सख्या बुधबार ३ हजार ८६७ अर्थात २.०६ प्रतिशत रहेको छ । वल्डोमिटरले सार्वजनिक गरेको तथ्यांकका अनुसार इटालीमा १ लाख ५ हजार ७९२ जना संक्रमित भइकामध्ये ११.७५ प्रतिशत अर्थात १२ हजार ४२८ जनाको मृत्यु भएको छ । स्पेनमा ९५ हजार ९२३ जना संक्रमित भएकामध्ये ८.८८ प्रतिशत ८ हजार ४६४ जना मानिसको मृत्यु भएको छ । 

चीनमा ८१ हजार ५१८ जना संक्रमणमा परेकोमा ४.०५ प्रतिशत (३ हजार ३०५) जनाको मृत्यु भइसेको छ । फ्रान्समा ५२ हजार १२८ जना संक्रमितमध्य ३ हजार ५२३ जना अर्थात ६.७६ प्रतिशतको मृत्यु भएको छ । जर्मनमा ७१ हजार ८०८ जना संक्रमितमध्ये ७७५ जना अर्थात १.०८ प्रतिशतको मात्र ज्यान गएको छ । 

त्यस्तै, इरानमा ४४ हजार ६०५ जना संक्रमितमध्ये ६.५० प्रतिशत अर्थात २ हजार ८९८ जनाको ज्यान गएको छ । त्यस्तै अर्को मृत्युदर बढी हुनेमा बेलायत छ जहा संक्रमित २५ हजार १५० मध्ये ७.११ प्रतिशत( १७८९) जनाको मृत्यु भएको छ । 

स्विटजरल्याण्डमा संक्रमितमध्ये २.६१ प्रतिशत मानिसको मृत्यु भएको छ भने बेल्जियममा ४.३१ प्रतिशतका दरले मानिसको मृत्यु भएको छ । टर्कीमा १३ हजार ५३१ जना संक्रमित मध्य २ सय १४ जना अर्थात १.५८ प्रतिशतको ज्यान गएको छ ।   पाकिस्तानमा १९३८ जना संक्रमितमध्ये १.३४ प्रतिशतको ज्यान गएको छ । भारतमा पनि संक्रमित हुनेको संख्यामा भारी वृद्धि भइरहेको देखिएको छ  । भारतमा १६१९ जना संक्रमितमध्ये ३.०४ प्रतिशतले मानिसको ज्यान गइरहेको तथ्यांक बाहिर आएको छ । 
 

प्रतिक्रिया दिनुहोस