
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजारसम्म पुग्नसक्ने बताएका छन् । उनले अबको दुईसाता निकै संवेदनशील रहेको भन्दै यसतर्फ सचेत रहन सबैलाई आग्रह गरेका हुन् ।
अन्तराष्टिय सञ्चारमाध्यम सीएनबीसीका अनुसार ट्रम्पले अबको दुईदेखि तीन सातामा कोरोना भाइरसबाट अहिलेसम्म नदेखेको परिणाम भोग्नुपर्ने बताएका छन् । अबको दुई सातासम्म अमेरिकामा मृत्यु हुनेको संख्या उत्कर्षमा पुग्ने उनको भनाइ छ ।
ट्रम्पले आफूहरुले अहिलेसम्म देखेकोमध्ये सबैभन्दा कठिन तीन साताको सामना अमेरिकाले गर्नुपर्ने बताए । उनले आफू मृतकको संख्या सकेसम्म कममा लाग्न प्रयासरत रहेको पनि बताएका छन् ।
अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ४ हजार ५५ जनाको मृत्यु भईसकेको छ भने १ लाख ८८ हजार भन्दा बढि संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस