aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तै बढ्यो

एजेन्सी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ह्वात्तैैै बढेको छ । भारतमा बुधबार मात्रै १० जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन् । यो सँगै कोरोनाभाइरसको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

यद्यपि कतिपय भारतीय सञ्चारमाध्यमले भने कोरोनाबाट हालसम्म ५१ जनाको मृत्यु भइसकेको उल्लेख गरेका छन् । यस्तै भारतमा हालसम्म कोरोना भाइरसबाट १५ सय ९० जना संक्रमित भएको पुष्टि भएको छ।

चीनको हुवेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको प्रकोप यतिबेला विश्वव्यापी बनेको छ। बुधबार दिउँसोसम्म संसारभर ४२ हजार तीन सय ८५ जना भन्दा बढीको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।

भने ८ लाख ६१ हजार १ सय १३ जना भन्दा बढी संक्रमित बनिसकेका छन् । विश्वभर साथै १ लाख ७८ हजार पाँच सय ६० जना उपचारपछि निको भइसकेको छ । उपचारपछि निको हुनेमा नेपालको १ जना रहेको छ । हाल नेपालमा  विभिन्न देशबाट फर्केका ४ जनालाई कोरोनाभाइरसको उपचार भइरहेको छ । 

कोरोना संक्रमण बढ्दै गएपछि भारतका कयौँ राज्यमा लकडाउन र कर्फ्यू जारी छ ।

चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले विश्वका एक सय ८० भन्दा बढी देशमा पुगिसकेको छ । डिसेम्बरदेखि चीनको वुहानमा महामारीको रूप लिएको भाइरसले पछिल्लो समय चीन बाहिर संकट निम्त्याइरहेको छ । 

चीनमा यसको संक्रमण शून्यमा झरेको छ भने भारतमा लगातार नयाँ संक्रमित भेटिइरहेका छन् । कोरोना भाइरसको इपिसेन्टर मानिएको चीनमा पछिल्लो समय संक्रमणमा कमीआइरहेको छ ।

हुबेईमा संक्रमितको संख्या शून्यमा झरेपछि त्यहाँ पुगेको मेडिकल टिम फर्किएको छ । देशभरका करिब ४९ मेडिकल टिमका तीनहजार सात सय ८७ स्वास्थ्यकर्मी हुबेई प्रान्तको वुहानबाट फर्किएका हुन् । कुनै पनि भाइरसका नयाँ संक्रमित नदेखिएपछि उनीहरू फर्किएको बताइएको छ ।

भारतमा कोरोना भाइरसको संक्रमण जनवरी ३० मा पहिलोपटक देखिएको थियो । तर, यसको संख्या मार्चदेखि बढ्दै गएको छ । धेरै संक्रमितलाई बाहिरी यात्राका क्रममा संक्रमण भएको भारतीय स्वास्थ्य आयोगले जनाएको छ । 

संक्रमणको जोखिम कमगर्न भारतले ३१ मार्चसम्मका लागि सबै यात्रुवाहक रेल सेवा सञ्चालनमा रोक लगाएको छ । मध्यप्रदेशको आठ जिल्ला जबलपुर, नरसिंहपुर, बालाघाट, सिवनी, रिवा, बैतुल, छिंदवाडा र ग्वालियरलाई ‘लकडाउन’ गरिएको छ । 

रेल तथा अन्य यातायात सेवा बन्द गरिए पनि अत्यावश्यक सेवाका सवारी साधन भने सञ्चालन हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस