
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ३ फेदी निवासी बलभद्र घिमिरेले एक महिनाको घर भाडा नलिने भएका छन् । सरकारले कोरोना भाइरसबाट सिर्जिन परिस्थितिका कारण घरधनीहरुलाई एक महिनाको घरभाडा नलिन अनुरोध गरे सँगै घिमिरेले पनि चैत महिनाको घरभाडा नलिने बताएका हुन् ।
घिमिरेले देशको अर्थतन्त्र नै धरासायी भएको भन्दै श्रमजीवी वर्गहरुमा ठूलो आर्थिक भार पर्ने हुनाले आफूले पनि सरकारको आग्रहलाई ध्यान दिँदै घरभाडा नलिने निर्णय लिएको बताए।
‘यस्तो अवस्थामा सहयोग गर्नु मानविय धर्म हो।’ उनले भने । ‘हुन त सरकारले आग्रह मात्रै गरेको हो, तर यस्तो अवस्थामा घरधनीले पनि आफ्नो आर्थिक हैसियतलाई मध्यनजर गरेर धेरथोर जती सकिन्छ त्यति सहयोग गर्नु पर्छ।’
यसअघि मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको रोकथामका लागि प्रभावित भाडामा बस्नेहरुलाई सहयोग गर्न भन्दै एक महिनाको भाडा मिनाह गर्न घरबेटीहरुलाई आग्रह गरेको थियो ।
प्रतिक्रिया दिनुहोस