aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर उड्यो नेपाल एअरलाइन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ चैत्र २०७६
अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर उड्यो नेपाल एअरलाइन्स

 काठमाडौं । नेपाल एअरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया र न्यूजिल्याण्डका यात्रु बोकेर ब्रिस्बेनको लागि उडेको छ । नेपालमा रहेको अष्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई घर फर्काउन नेपाल एअरलाइन्सको वाइडबडी चार्टर गरेको हो ।

जहाजमा अष्ट्रेलिया र न्यूजिल्याण्डका गरी २ सय ५७ जना यात्रु र २४ जनाको सञ्चालन टोली रहेको छ ।

जहाज मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बेन जानेछ र बिहीबार राति १० बजेर ५५ मिनेटमा नेपाल फर्कनेछ ।

प्रतिक्रिया दिनुहोस