
एजेन्सी । अमेरिकामा कोरोनाबाट संक्रमण हुनेको संख्या २ लाभन्दा बढी पुगेको छ । जोन हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्या अनुसार २ लाख १५ हजारभन्दा बढी मानिसहरूलाई कोरोना संक्रमण भएको छ भने ५ हजारभन्दा बढी यसको कारणले गर्दा मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकाको लागि आगामी दिनहरू “डरलाग्दो“ हुन सक्ने र अमेरिकीहरुले आफ्नो मुटु दह्रो बनाएर खडा हुन तयार हुनुपर्ने बुधबार भएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन ।
आधा भन्दा बढी संक्रमणहरू न्यूयोर्कमा मात्र हुन्। राज्यका गभर्नर एन्ड्र्यू कुमोले भने, 'अन्य राज्यमा पनि अवस्था डरलाग्दो हुन सक्छ । यसअघि मंगलबार उपराष्ट्रपतिले चेतावनी दिएका थिए, अमेरिकामा महामारीको प्रकृति इटलीमा जस्तै यस्तै हुन सक्छ । '
विश्वमा कोरोनाका कारण इटालीमा सबैभन्दा बढी मृत्यु भएको छ । इटालीमा, कोरोनाले १३ हजार १५५जनालाई मारेको छन भने १ लाख १० हजार भन्दा बढी मानिसहरूलाई संक्रमित गरिसकेको छन ।
बुधवार साँझ कोरोना टास्क फोर्स सम्बन्धी एक प्रेस सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका थिए कि “तपाईले एउटा मास्कलाई स्टेयरिलाइज गरेर बारम्बार प्रयोग गर्न सक्नुहुन्छ, तपाईले कम्तिमा पनि २० पटक एन ९५ मास्कलाई नसकाएर प्रयोग गर्न सक्नुहुन्छ।“
उनले भने, 'सरकारले देशभित्र मास्क, ग्लोभजस्ता स्वास्थ्य सुरक्षा उपकरणहरुको कमी छैन भनेर सुनिश्चित गरिरहेको छ ।' ट्रम्पले भने, 'अमेरिकाले केवल देशभित्र मास्क, ग्लोभ्स, भेन्टिलेटरको उत्पादन बढाउन मात्र काम गरिरहेको छैन तर अन्य देशहरूबाट पनि सकेसम्म चाँडो मेडिकल उपकरण लिन खोजिरहेको छ। ११ कम्पनीले हाल देशका लागि भेन्टिलेटरहरू बनाउँदैछ।'
यसभन्दा अघि मंगलबार ट्रम्पले भनेका थिए, जससँग मास्क छैन उसले पनि आफ्नो मुख छोप्न स्कार्फ प्रयोग गर्न सक्छ । रोग नियन्त्रण तथा रोकथाम केन्द्रको लागि जारी गरिएको आन्तरिक मेमोले भने, सामान्य कपडाको मास्क पनि भाइरसको फैलावट रोक्नको लागि प्रभावकारी हुनेछ ।
बुधवार प्रेस सम्मेलनमा उपस्थित संक्रामक रोग विशेषज्ञ एन्टोईन फौचीले भने, “कोरोना रोक्नको सबैभन्दा प्रभावकारी तरिका यसको खोप हुनेछ। यो हाल चलिरहेको छ र यसको खोप परीक्षण भैरहेको छ। तर यो खोप आम जनताको बजारमा आउँदैछ।“ यसले कम्तिमा डेढ बर्ष लिन सक्दछ।
प्रतिक्रिया दिनुहोस