aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

प्रदेश सरकारको विदा दिन पाउने अधिकार कटौति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ जेठ २०७६
प्रदेश सरकारको विदा दिन पाउने अधिकार कटौति

काठमाडौं ।  प्रदेश सरकारले आफूखुसी सार्वजनिक बिदा दिन थालेपछि संघीय सरकारले बिदामा अंकुश लगाएको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी प्रदेश सरकारले बढीमा ६ दिन मात्रै बिदा दिन पाउने व्यवस्था गरेको हो । 

गृह मन्त्रालयले राजपत्रमा सार्वजनिक गरेको सूचनामा सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाको अतिरिक्त प्रदेश सरकारले आ आफ्नो  प्रदेशमा प्रचलित धर्म, संस्कृति र रीतिस्थितिसमेतलाई दृष्टिगत गर्दै घोषणा गरेको वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक बिदामा सम्बन्धित प्रदेशमा रहेका सरकारका कार्यालयसमेतमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  नेपाल समाचारपत्रमा समाचार छ 

प्रतिक्रिया दिनुहोस