aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने

एजेन्सी । बेलायतको ब्रिटिश एयरवेजले ३६ हजार कर्मचारी निलम्बन गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सबै उडान स्थगित भएपछि एयरवेजले आफ्ना कर्मचारी र चालक दलका सदस्यहरुलाई निलम्बन गर्ने घोषणा गरेको हो ।

कर्मचारी युनियनसँगको वार्तापछि कर्मचारी निलम्बनको सहमति भएको हो । एयरवेजले यसअघि नै आफ्ना ८० प्रतिशतसम्म कर्मचारी कटौती गर्ने जनाईएको छ । कोरोनाको संकट समाधान नभएसम्म एयरवेजले सबै स्थानमा आफ्ना उडान स्थगित गरिसकेको छ ।

अवकास पाएका कर्मचारीले बेलायत सरकारले अवलम्बन गरेको कोरोना भाइरस रोजगार अवधारणा योजनामार्फत आफ्नो पारिश्रमिक पाउनेछन ।

प्रतिक्रिया दिनुहोस