aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भद्राकुमारी घले सेवा सदनको नामबाट ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ जेठ २०७६
भद्राकुमारी घले सेवा सदनको नामबाट ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण


काठमाडौं । सामाजिक संस्थाको नामबाट बानेश्वरको ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । बानेश्वरस्थित भद्राकुमारी घले सेवा सदनको नामबाट झन्डै ११ रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत फाइदाका लागि उपयोग गरेको पाइएको हो । सो संस्थाको भवन संस्थाको नाममा रहेको जग्गामा नभई खोलाको बगरमा बनाइएको छ ।

काठमाडौं महानगरपालिका–१० स्थित देवीनगरमा रहेको बानेश्वरको सिट नम्बर ११४६–०२ को कित्ता नम्बर १२, २२३, २२६, १३ र २२५ अन्तर्गतका करिब ११ रोपनी सार्वजनिक जग्गामा भद्रा घले सेवा सदनको नाममा जग्गा लिइएको स्थानमा विभिन्न टहरा, स्कुल सहकारी संस्था, पसल सञ्चालन भएकाले सो कार्य गैरकानुनी भएको पाइएको हो ।

सेवा सदनको नाममा बोर्ड राखी सो जग्गामा व्यक्तिगत बोर्डिङ र त्रिपक्षीय सहकारी संस्था, व्यक्तिगत गेस्ट हाउस तथा सटर पसल निर्माण गरी भाडामा लगाइएको पाइएकाले तत्काल हटाउन राष्ट्रिय सर्तकता केन्द्रको अध्ययन प्रतिवेदनले सरकारसमक्ष सिफारिस गरेको हो ।

सर्तकता केन्द्रले नापी अधिकृत गोविन्दप्रसाद कुइँकेल र शाखा अधिकृत कविता पन्थी रहेकोे दुई सदस्यीय छानबिन समिति गठन गरेर सो जग्गा अतिक्रमणबारे छानबिन गराएको थियो ।

समितिले गरेको छानबिनका क्रममा भद्रा घले सेवा सदनले काठमाडां महानगरपालिका–१० देवीनगर सिट नम्बर ११०६–२१ अन्तर्गतको सार्वजनिक जग्गा विभिन्न व्यक्तिले अतिक्रमण गरेको निष्कर्ष निकालेको हो । राजधानी दैनिकबाट 

प्रतिक्रिया दिनुहोस