
एजेन्सी । दक्षिण अफ्रिकाकी बरिष्ठ एचआईभी वैज्ञानिक गिता रामजीको नोभेल कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । दुर्बनस्थित एक अस्पतालमा उनको मंगलबार मृत्यु भएको बताइएको छ ।
औरुम इन्स्टिच्युटमा प्रमुख वैज्ञानिकका रुपमा कार्यरत प्रोफेसर रामजी मार्च मध्यतिर बेलायतबाट दक्षिण अफ्रिका फर्किएपछि बिरामी भएकी थिइन् । 'उनले आफ्नो जीवनको लामो समय एचआईभी रोकथामका लागि समर्पण गरेकी थिइन्' उनका साथी गाभिन चुर्चीयार्डले बीबीसीसँग भने ।
त्यसैगरी युएनएडका प्रमुख विनी ब्यानीमाले संसारलाई प्रोफेसर रामजीजस्तै मानिस खोजिरहेका बेला भएको उनको निधनले विश्वलाई ठूलो क्षति भएको बताइन् ।
ठूलो संख्यामा एचआईभी संक्रमित भएको दक्षिण अफ्रिका अहिले नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि तीन साता लामो लकडाउनमा छ ।
एशियाबाट यूरोप र अष्ट्रेलियासम्म फैलिएको भाइरस दुई महिनापछि ती महादेशमा समेत देखिएको हो ।
उत्तर अफ्रिकी मुलुक अल्जेरियामा कोरोना भाइरसको संक्रमणका रोगी देखिएका हुन् । अल्जेरिया सरकारले त्यसको पुष्टि गरेको छ ।
चीनमा भाइरसको संक्रमण पत्ता लागेको दुई महिनापछि अफ्रिकामा भेटिएको हो ।
ब्राजिलले बुधबार कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ । योसँगै अन्र्टाटिकाबाहेक विश्वका सबै महादेशमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यूरोपमा सबैभन्दा बढी इटाली प्रभावित छ । एशियामा चीन अत्याधिक प्रभावित छ । चीनपछि दक्षिण कोरिया प्रभावित भएको थियाे ।
प्रतिक्रिया दिनुहोस