aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एयर इन्डियाले हटायो दुई सय पाइलट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
एयर इन्डियाले हटायो दुई सय पाइलट

भारत । भारतीय कम्पनी एयर इन्डियाले दुई सय पाइलटहरु हटाएको छ । भारतिय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसको महामारी फैलिरहँदा बिहीबार एयर इन्डियाले सेवा निवृत्तपछि पनि ‘कन्ट्र्याक’मा काम गर्ने पाइलटहरुलाई निकालेको हो ।

एयर इन्डियाले अस्थायी रुपमा आफूसँग रहेका पाइलटहरुलाई हटाएको जनाएको छ । एयर इन्डियाले महामारीका कारण अप्रिल १४ सम्मका लागि सबै उडान बन्द गरेको छ ।

भारतमा पछिल्लो केही सातादेखि अधिकांश विमान ‘ग्राउन्डेड’ भएपछि राजश्वमा समेत भारी गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस