
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरिय समितिको बैठकले उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने भएको छ । बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु खोल्न दिने निर्णय गरेको हो ।
बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं अर्थमन्त्री र सञ्चारमन्त्री युवराज खतिवडाले उद्योगभित्रै कामदारहरुलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरेर चलाउने दिने निर्णय भएको जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस