aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

कोरोना उपचारमा प्रयोग हुने सामग्री ‘जी टू जी’ माध्यमबाट खरिद गर्दै सरकार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० चैत्र २०७६
कोरोना उपचारमा प्रयोग हुने सामग्री ‘जी टू जी’  माध्यमबाट खरिद गर्दै सरकार

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले कोरोना उपचारमा प्रयोग हुने औषधि तथा उपकरणहरू सिधै ‘जी टू जी’ कामाध्यमबाट खरिद गर्ने बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिको बैठकपछि उनले पत्रकारहरूसँग कुरा गर्दै सरकारले जी टू जी खरिद प्रक्रियाबाट कोरोना उपचारमा प्रयोग हुने उपकरण तथा  खरिद गर्ने तयारी गरिएको बताएका हुन् । 

सरकारका प्रवक्ता समेत रहेका अर्थ र सूचना तथा सञ्चार मन्त्री डा। खतिवडाले अब  त्यस्ता मेडिकल सामग्री जी टु जी प्रक्रियाबाट खरिद गर्नेबारे छलफल अघि बढेको बताएका हुन् । ‘स्वास्थ्य सामग्री खरिद प्रक्रियामा के भएको हो हेर्नु पर्ने भएको छ , कसैले भनेको भरमा हुन्न, हामीले सरकारीबाटै ल्याएको भए राम्रो र सजिलो हुन्थ्यो ।’


हामीले आवश्यक समानहरूको सूची भारत र चीन सरकारलाई पठाएका पनि थियौं । तर, त्यतिबेला दुबै सरकारहरु आफैं समस्यामा थिए । त्यसकारण निजी क्षेत्रबाट खरिदको प्रक्रिया अघि बढेको थियो । अहिले जी टु जीबाट खरिद गर्न सकिन्छ की भन्नेबारे पनि आज छलफल भएको उनले बताए  ।

बुधबार बसेको मन्त्रीपरिषदले नेपाली सेना मार्फत उपकरण ल्याउन निर्णय भएको जानकारी गराइए पनि निजी क्षेत्रलाई समेत सामग्री ल्याउने विषयमा छलफल गर्न बिहबार बोलाइएको थियो । बिहीबार निजी क्षेत्रका सप्लार्य स्वास्थ्य सेवा विभाग पुगेपछि मात्र उनीहरुले अब नेपाली सेना मार्फत सामन ल्याउने निर्णय भएको थाहा पाएपछि विभागबाट निस्केका थिए । 

प्रतिक्रिया दिनुहोस