
काठमाडौं । सरकारले तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम शुरु गर्ने निर्णय भएको छ । कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धि उच्चस्तरिय समितिको बिहिवार बसेको बैठकले तामाकोसी, मेलम्ची लगायतका आयोजनामा पनि काम शुरु गर्ने निर्णय भएको हो ।
बैठकको निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं अर्थमन्त्री र सञ्चारमन्त्री युवराज खतिवडाले त्यहाँ अहिले नै ठूलो संख्यामा कामदार रहेको भन्दै, ‘बाहिरका कामदारहरु आउन नदिने र भित्रका कामदारलाई पनि सुरक्षाका सबै उपाय अपनाएर कामलाई निरन्तरता दिने निर्णय भएको छ ।’
अरु आयोजनाहरुले आफ्नै क्षेत्रका कामदारहरुमार्फत् काम गराउन सक्छन् भने स्थानीय प्रशासनले त्यसमा सहजीकरण गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस