aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाबाट मृतकको संख्या ५२ हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख बढी (अपडेट)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
कोरोनाबाट मृतकको संख्या ५२ हजार नाघ्यो, संक्रमित हुनेको संख्या १० लाख बढी (अपडेट)

काठमाडौं । चीनबाट सुरू भइ विश्वभर फैलिएको कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । 
विश्वका २ सय ४ वटा देशहरु तथा २ वटा बन्दर्गाहाका मानिसहरु कोरोनाभाइरस (कोभिड–१९) महामारीबाट ग्रसित छन् ।

शुक्रबार बिहानसम्मको तथ्याँक अनुसार कोरोना संक्रमणबाट मर्नेको संख्या ५२ ह्जार ९ सय ८३ पुगेको छ । त्यस्तै, विश्वभर सो रोगबाट संक्रमित हुनेहरुको संख्या १० लाख १४ हजार ६ सय ७३ जाना पुगेको जोन्स हप्किन्स युनिभर्सिटीले जनाएको छ ।

बिहीबार इटालीमा ७ सय ६०, स्पेनमा ७ सय ९, अमेरिकामा ६ सय ७८, बेलायतमा ५ सय ६९, फ्रान्समा ४ सय ७१, जर्मनीमा १ सय २४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, धेरै संक्रमित हुनेमा अमेरिकामा संक्रमित हुनेको संख्या २ लाख ४३ हजार नाघेको छ । त्यसैगरि इटलीमा १ लाख १५ माथी, स्पेनमा १ लाख १२ हजार, जर्मनीमा ८४ हजार माथी, चीनमा ८१ हजार माथी, फ्रान्समा ५९ हजार, इरानमा ५० हजार माथी युकेमा ३३ हजार जना भन्दा माथी मानिसहरु संक्रमित भएका छन् । 

यसैक्रममा, अमेरिकामा ६ हजार बढी ब्यक्तिको कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणका कारण मृत्यु भैसकेको छ भने १० हजार उपचार पछि निको भएका छन् । 

यसैगरि, मृत्यु हुनेमा इटालीमा १३ हजार पाँच सय जना माथी, स्पेनमा १० हजार बढी, जर्मनीमा १ हजार बढी चीनमा तीन हजार तीन सय माथी फ्रान्समा ५ हजार भन्दा बढी इरानमा ३ हजार बढी, युकेमा २ हजार ५ सय बढीको ज्यान गइसकेको पुष्टि भैसकेको छ ।

त्यसैगरि अर्का छिमेकी राष्ट्र भारतमा २ हजार ५ सय ४३ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भइसकेको छ । भने ७२ जनाको मृत्य र १९१ जना उपचार पश्चात निको भएका छन् । 

त्यस्तै, नेपालमा हालसम्म ६ जनामा संक्रमण देखिएकाे छ । १ जनाकाे उपचारपश्चात जिवनलाभ भैसकेकाे छ भने अन्य ५ जनाकाे उपचार भइरहेकाे छ ।

यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन् ।

डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् ।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन । अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस