aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आज देशभर ग्याँस वितरण गरिँदै, कहाँ पाइन्छ ? (फाेन नं.सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
आज देशभर ग्याँस वितरण गरिँदै, कहाँ पाइन्छ ? (फाेन नं.सहित)

काठमाडाैं । काेराेनाभाइरस (काेभिड-१९)काे विश्वब्यापी प्रकाेप बढेसँगै करिव डेढ हप्तादेखि नेपाल लकडाउनकाे स्थितमा रहेकाे छ । उक्त अवधिमा दैनिक जनजीवन सहज बनाउने उदेश्यले सरकारले अत्यावश्यक बस्तुहरूकाे आवागमनमा सहज तुल्याउनुका साथै अत्यावश्यक बस्तुहरू वितरण गर्दै आएका छन । 

यसैक्रममा नेपाल आयल निगमले खाना पकाउन अत्यावश्यक प्रयाेग गरिने ग्याँस वितरण गर्न काठमाडौं उपत्यकासहित सबै जिल्लाहरुमा वितरण गरिने ग्याँसको विवरण सबै उद्योगले निगममा पठाएका छन् ।

शुक्रबार (आज) काठमाडौं उपत्यकामा मात्रै ओम ग्याँसले २२ वटा डिपोमार्फत २ हजार ४० सिलिण्डर ग्याँस वितरण गर्दैछ ।

यस्तै नेपाल ग्याँस कम्पनी अन्तर्गतको नारायणीबाट चार हजार एकसय ४१ सिलिण्डर ग्याँस देशभर वितरण हुँदैछ । सोही कम्पनीको नेपाल ग्याँस पनि उपत्यकाका ६३ डिपोमार्फत ६ हजार ४८० सिलिण्डर वितरण हुँदैछ ।

यस्तै उपत्यकासहितका विभिन्न जिल्लाका ६ वटा डिलरमार्फत दुई हजार ५७९ सिलिण्डर एचपी ग्याँस पनि शुक्रबार वितरण हुने निगमले जनाएको छ ।

साथै उपभोक्ताहरुले एलपी ग्याँस नपाए सम्पर्क गर्न निगमले आग्रह गरेको छ ।

सम्पर्क नम्बरहरु

  • हटलाइन : ११४६
  • टोलफ्री : १६६००११००२८

अन्य नम्बरहरु

  • ९८५१२७३४७९
  • ९८५१२७३४३१
  • ९८५१२७३२६९

आज ग्याँस वितरण हुने डिपो र सम्पर्क नम्बर

प्रतिक्रिया दिनुहोस