
कोरोना बिरुद्दको भ्याक्सिन निर्माणमा अहिले पुरै दुनियाँका अनुसन्धानकर्ता लागि परेका छन् ।धरै देशहरूले आफ्नो मुलुकमा भ्याक्सिन निर्माण भैसकेको दाबी समेत गर्दै आएका छन् । यसैबिच अमेरिकाका वैज्ञानिकहरूले के दाबी गरेका छन् भने उनीहरूले निर्माण गरेको भ्याक्सिनमा त्यो शक्ति छ जसले कोरोना भाइरसको सङ्क्रमणलाई सजिलैसँग रोक्न सक्छ ।
युनिभर्सिटी अफ पिटरवर्ग स्कुल अफ मेडिसिनका वैज्ञानिकहरूले बताए अनुसार उनीहरूले अन्य देशका वैज्ञानिकहरूको तुलनामा धेरै नै चाँडो कोरोना भाइरस बिरुद्दको खोप तयार पारिसकेका छन् । यो खोपको विकास गर्दा सार्स र मर्सका भाइरसलाई आधार बनाएको समेत उनीहरूले बताएका छन् ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले पिटरवर्ग स्कुल अफ मेडिसिनका एसोसिएट प्रोफेसर आन्द्रिया गमबोटटोलाई उदृत गर्दै लेखेका छन् – सार्स र मर्स भाइरस नयाँ कोरोना भाइरस अर्थात् कोभिड-१९ सँग धेरै हदसम्म मिल्छन् । यसबाट हामीलाई के सजिलो भयो भने यी भाइरसको बाहिरी सतहमा भएको प्रोटिनलाई नष्ट गर्नु अति आवश्यक छ । यसो हुँदा मानिसलाई यो भाइरसबाट मुक्ति दिलाउन सकिन्छ ।
प्रोफेसर आन्द्रिया गमबोटटोले थप के पनि दाबी गरेका छन् भने उनीहरूले यो भाइरसलाई कसरी मार्ने भन्ने कुरा समेत थाहा भइसकेको छ। त्यसलाई कसरी हराउने भन्ने कुरा पनि जानकारी भइसकेको छ । उनले नयाँ विकसित भ्याक्सिनको मुसामा परीक्षण गरिएको र त्यसको नतिजा सही आएको पनि उनीहरूको दाबी छ ।
प्रोफेसर आन्द्रिया गमबोटटोका अनुसार उनीहरूले सो भ्याक्सिनको नाम पिट्गोभेक राखेका छन् । मुसामा परीक्षण गर्दा यो भ्याक्सिनले त्यसको शरीरमा कोरोना भाइरससँग लड्ने र त्यसलाई रोक्ने एन्टीवडी उत्पादन गरेको भेट्टाएको थियो ।
कोरोना भाइरसलाई रोक्न जति मात्रामा शरीरलाई एन्टीवडी आवश्यक पर्छ त्यो मात्रामा यो भ्याक्सिनले उत्पादन गर्ने उनीहरूले बताएका छन् । अब चाँडै यसको मानवीय परीक्षण शुरुगर्ने उनीहरूले बताएका छन् ।
यो भ्याक्सिन इन्जेक्सनको माध्यमबाट लगाइने छैन । यसलाई शरीरको कुनै भागमा टाँसिने छ । औलोको टुप्पो जत्रो आकारमा हुने यो भ्याक्सिनमा सुगर द्वारा बनिएका ५ सय जति साना सुई हुनेछन् जसले बिस्तारै त्यसमा भएको औषधी शरीरमा पुर्याउने छ । भ्याक्सिन लगाउने यो बिल्कुलै नयाँ तरिका भएको भारतीय सञ्चारमाध्यम आजतकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस