aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

भक्तपुरमा कोरोनाभाइरस संक्रमणको परीक्षण शुरु, आज ३५ जनाको गरिंदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
भक्तपुरमा कोरोनाभाइरस संक्रमणको परीक्षण शुरु, आज ३५ जनाको गरिंदै

भक्तपुर । काेराेनाभाइरसकाे जाेखिम बढेसँगै उपचारकाे दायरा फराकिलाे बनाउने क्रममा विभिन्न स्थानमा उक्त भाइरस परीक्षण गर्ने स्थान विस्तार गर्दै भक्तपुरमा पहिलो पटक कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरेको छ । 

मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना भाइरस संक्रमणको परीक्षण शुरु गरिएको हो ।

नगरपालिकाले सञ्चालन गरेको अस्पतालमा आज ३५ जनाको परीक्षण गरिंदै छ ।

अस्पतालमा १० शैयाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखिएको छ भने भाडामा लिइएको घरमा पोलिमराइज चेन रिएक्सन पिसीआर मशिनसहितको ल्याब सञ्चालनमा ल्याइएको छ ।

अस्पतालले अहिले २६ जना चिकित्सक र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ ।

यसअघि पाकिस्तानबाट फर्किएका एक जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले बताए ।

उनले नगरपालिकाले कोरोना भाइरसको परीक्षण गर्ने ल्याब, एम्बुलेन्स,आइसोलेसन वार्डदेखि क्यारेन्टाइनसम्म सबै तयारी अवस्थामा राखेको जानकारी दिए ।

पछिल्लो समय नगरमा विदेशबाट फर्किका ६५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस