aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

चीनले यसरी मनाउँदैछ कोरोना संक्रमणको राष्ट्रिय शोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ चैत्र २०७६
चीनले यसरी मनाउँदैछ कोरोना संक्रमणको राष्ट्रिय शोक

चीन । चीनले भोली राष्ट्रिय शोक मनाउने भएको छ । कोरोना भाइरस (कोभिड १९) विरुद्धका कारण मृतयु भएकाहरुको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको हो । 

चीनको राज्य परिषदले कोभिड १९ का कारण देशभर मरेका नागरिकहरुको सम्झनामा शनिवार १० बजे देखि तीन मिनेटसम्म देशभर मौनधारण गर्ने सिन्ह्वाले जनाएको छ।

यस अवधिमा चीनले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउने छ। देशभर र विदेशमा रहेका सबै दूतावास तथा नियोगमा झण्डा झुकाइनुका साथै सबै सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय चीनले गरेको हो।

बिहान १० बजेदेखि चीनले मौनधारण गर्ने समयमा हवाइ गस्ती बन्द गर्नुका साथै लाउडस्पिकरबाट दिइने चेतावनीको ध्वनीसमेत बन्द गर्ने छ। सबै सवारी साधान, रेलहरु पनि रोकिनुका साथै हर्न बज्ने छैनन्। 

चीनको राज्य परिषदको कार्यालयले यस विषयमा सूचना जारी गर्दै सबैलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस