
काठमाडौं । सरकारले कोरोना रोगथाम तथा उपचारको लागि आवश्यकता परे वैदेशिक सहायता समेत परिचालन गर्ने भएको छ । अर्थ सचिव शिशिरकुमार ढुंगानाले कोरोना रोगथाम तथा उपचारका लागि सरकारकोतर्फबाट, कोरोना कोषमा जम्मा भएको रकम र आवश्यकता अनुसार वैदेशिक सहायता समेत परिचालन गर्ने बताए ।
यो महामारीको रोगथामका लागि यति उति नभनी आवश्यक भए वैदेशिक सहायता समेन परिचालन गछौं,’ उनले आर्थिकन्युजलाई भने ‘सरकारकाले आफूले गर्न सक्ने जति सबै खर्च, कोरोना कोषमा जम्मा भएको रकमले नपुगे सहायता रकम समेत परिचालन गछौं ।’
अर्थ मन्त्रालयले कोभिड–१९ को संक्रमण रोगथाम , नियन्त्रण र उपचार तथा सोको कारणबाट अर्थतन्त्रमा पर्न सक्ने क्षति न्यूनीकरण गर्न विकास साझेदारहरूसँग वार्ता तथा सम्झौता गर्न प्रक्रिया अघि बढाउने भएको छ । बहुपक्षीय दातृ निकाय विश्व बैंकबाट आपतकालीन, महामारी, पूर्वतयारी तथा नियन्त्रण योजना अन्तर्गत नेपाल सरकारलाई प्रदान गर्ने ३ अर्ब ४८ करोड(अमेरिकी डलर २९ मिलियन ) सहुलियतपूर्ण ऋण खर्च गर्न सकिने छ ।
यदि सरकारले कोरोना रोगथामका लागि खर्च नपुग भएमा भुक्तानी सन्तुलन तथा विदेशी विनियम मौज्याद व्यवस्थापन गर्न अन्तर्राष्ट्रि मुद्रा कोषबाट उपलब्ध हुने ¥यापिड क्रेडिट फेसिलिटी अन्तर्गतको १३ अर्ब ९ करोड (७८.५ मिलियन एसडीआर) कोटा सुविधाको रकम पनि खर्च गर्न सकिने बताइएको छ ।
त्यस्तै दातृ निकाय एसियाली विकास बैंकबाट हालै घोषणा भएको तत्कालीन सहयोग कार्यक्रम अन्तर्गतको करिब ६० मिलियन अमेरिकी डलर समेत खर्च गर्न सक्ने व्यवस्था सरकारले गर्नेछ । सरकारले कोरोना कोषमा ५० करोड रुपैंयाँ हालेको थियो भने संघीय सरकारका मन्त्रीहरुको १÷१ महिनाको तलब र निजामति कर्मचारीहरुबाट अनिवार्य रुपमा कोषमा सहयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया दिनुहोस