aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोनाको औषधि खोप नभएर ड्रप जुन नाकबाट लगाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
कोरोनाको औषधि खोप नभएर ड्रप जुन नाकबाट लगाइने

एजेन्सी । विश्वभरी महामारीको रुप लिइरहेको कोरोना भाइरस विरुद्ध लड्न पनि खोप तयार भैइरहेको बताइएको छ । महामारीका रुप लिइरहेको यो महामारीबाट विश्वका मानव जातिलाई बचाउन सकियोस । यो रोग विरुद्धको खोपका रुपमा विकास गर्न पर्ने भन्दे धेरै देशका वैज्ञानिकहरु लागि रहेका छन् ।

 तर, यस रोग विरुद्ध हालसालै विकास गरिदै गरेको  खोपको बारेमा चर्चा हुन थालेको छ । परिक्षणकै क्रममा रहेको उक्त खोप आफ्नो शरीरमा इंजेक्शन मार्फत प्रयोग गरिन्न । न त यो एक पोलियो ड्रप जस्तै पिउन नै पर्छ। यो केहि अन्य तरिकाले तपाईंको शरीर भित्र ट्रान्सपोर्ट हुने गरि लगाइने प्रकारबाट विकास गरिदै छ । 

भारतको हैदराबाद स्थित भारत बायोटेक कोरोफ्लू नामको खोप विकास गर्दै गरेका खबरहरु बाहिर आइरहेका छन् ।  कोरोना भाइरसको उपचार गर्नको लागि बनाइएको यो खोप सिरिन्जको साथ शरीरमा सम्मिलित हुने छैन। यस खोपको एक थोपा पीडितको नाकमा राखिनेछ ।

यसलाई (कोरोफ्लूः वन ड्रप कोविड (19 नासा खोप) नाम दिइएको  कम्पनी दाबी गरेको छ । खोप पूर्ण रूपमा सुरक्षित रहेको समेत बताइएको छ । अन्य प्लू जस्तै लक्षण हुने भएकाले भारतको उक्त कम्पनीले यसभन्दा पहिले पनि फ्लूको लागि बनाइएको उक्त औषधीहरू सुरक्षित कम्पनीले दावी गरेको छ ।

भारत बायोटेकले विस्कान्सिन(मैडिसन विश्वविद्यालय र फ्लुजन कम्पनीसँग सम्झौता गरेको छ । यी तीन वैज्ञानिकहरु मिलेर यो खोप विकास गर्दैछन्। हैदराबाद स्थित भारत बायोटेक कोरोफ्लू नामको खोप विकास गर्दैछ । कोरोना भाइरसको उपचारका लागि कोरोफ्लू विश्व प्रसिद्ध फ्लू औषधि एम२एसआरको आधारमा बनाईरहेको दावी छ । यो योशिहीरो कावाओका र गैब्रिएल न्यूम्यानले बनाएको हो । एम२एसआर इन्फ्लूएन्जा रोग को लागि एक शक्तिशाली औषधि हो।

 यो औषधि जब शरीरमा प्रवेश गर्दछ, यसले तुरून्त फ्लूको विरूद्ध लड्न शरीरमा एन्टिबडीहरू उत्पादन गर्दछ । यस पटक योशीहिरो कावोकाले एम२एसआर औषधि भित्र कोरोना भाइरस कोविड १९ को जीन अनुक्रम मिलाएको दावी गरिएको छ ।

कोरोफ्लुको कारण बनेका एन्टिबडीहरूले कोरोना भाइरस विरुद्ध लड्न मद्दत गर्दछ । भारत बायोटेकका व्यापार विकास प्रमुख, डा. रैशेस एलाले भन, हामी यो खोप भारतमा उत्पादन गर्नेछौं। उनको क्लिनिकल परीक्षण गरिसकेपछि हामी यहाँबाट ३०० मिलियन डोजहरू बनाउँछौं। 

यस खोपको क्लिनिकल परीक्षणहरू अझै बाँकी छ । कम्पनीले २०२० को अन्तसम्ममा मानिसमा क्लिनिकल परीक्षणहरू शुरु गर्ने जनाएको छ । त्यतिन्जेल यसको परीक्षणहरू विस्कन्सिन(म्याडिसन विश्वविद्यालयको प्रयोगशालामा जारी रहने बताएका छन् । 

एम२आरएस फ्लू भाइरस हो। जसमा एम२ जीनको अभाव छ। यसको कारणले, कुनै भाइरसले शरीरको भित्र कोषहरू तोड्न र नयाँ भाइरसहरू बनाउन सक्दैन। तसर्थ, यस औषधिको आधार धेरै सफल भएको छ।

प्रतिक्रिया दिनुहोस