aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोषका छुट्टाछुट्टै कार्यालय छन् तर ढुकुटी रित्तै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ जेठ २०७६
कोषका छुट्टाछुट्टै कार्यालय छन् तर ढुकुटी रित्तै

काठमाडौं । ज्येष्ठ नागरिक, अपांग, बेचबिखनमा परेका, रोगी, अशक्त, एकल महिला आदिको कल्याणकारी काम गर्न सरकारले छुट्टाछुट्टै कोष खडा गरेको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमै त्यस्ता खालका पाँचवटा कोष छन्। ती कोषमा १५ करोड ९५ लाख ७४ हजार रुपैयाँ छ। तर ती रकम खर्च हुँदैनन्। समाज कल्याण परिषदन्तर्गत तीनवटा कोषहरूको छुट्टाछुट्टै कार्यालय छन्। एउटा कोषमा पैसा छैन भने बाँकी दुईवटा कोषमा जम्मा एक करोड ७३ लाख रुपैयाँ छ।

अपांग, ज्येष्ठ नागरिक, विपन्न र असहाय वर्गका नाममा निकासा भई करोडौं खर्च भए पनि कल्याणकारी कार्यक्रमहरू परिणाममुखी बन्न सकेका छैनन्। कोष खडा गर्ने र जिम्मेवारीबाट उम्किने सरकारी प्रवृत्तिले उनीहरूको जीवनयापन सहज बन्न सकेको छैन। राज्यका संयन्त्रहरू भने पर्याप्त कार्यक्रम सञ्चालन भइरहेको दाबी गर्छन्।

भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्कै एउटा भवन छ। त्यसको माथिल्लो तलामा राष्ट्रिय ज्येष्ठ नागरिक कोषको कार्यालय छ। तपाईं ज्येष्ठ नागरिक हुनुहुन्छ, सहायताको खोजीमा कोषमा पुग्नुभयो भने तपाईंले रित्तो हात फर्कनुपर्नेछ। किनभने उसको ढुकुटी रित्तै छ।

‘दैनिक पाँच–सातजना ज्येष्ठ नागरिक स्वास्थ्य समस्या या अन्य कठिनाइ परेर सहायता माग्न कोषमा आउँछन्। तर उनीहरूलाई रित्तै फकाईरहेका छौं’, कोषका सभापति रामकृष्ण कर्माचार्य बताउँछन्। आजको अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस