aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

एक घर एक रक्तदाता अभियान सञ्चालन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
एक घर एक रक्तदाता अभियान सञ्चालन

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान जारी राखेका छन्  । 

यस अन्तर्गत काठमाडौ महानगरपालिका (कामपा) वडा नं १५  चागल निवासी समाजसेवी राकेश कर्माचार्यको अगुवाईमा शुक्रबार  कामपा सो वडाको चागल, लखतीर्थ र धुम्बाखेलका १३ जना स्वयंसेवी रक्तदाताले रगतदान गरे । 

“विशेष अवस्थामा  रगतको अभाव हुन नदिन सामाजिक सञ्जालमार्फत् रक्तदातालाई आह्वान गरी रक्तदानको कार्यक्रम आयोजना गरेका हौँ । ” स्थानीयवासी रामेश्वरमान कर्माचार्यले भने । 

लकडाउनका अवस्थामा रगतको अभाव हुन नदिन सोसाइटीद्वारा सञ्चालित केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रले रक्तदाताको पायक पर्ने स्थानमा पुगी  सामाजिक दूरी कायम गरी रगत सङ्कलन जारी राखेको छ । रासस 

प्रतिक्रिया दिनुहोस