
एजेन्सी । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत उनमा कोरोना संक्रमण भएको पाइएपछि उनी मार्च १९ देखि ख्याङ्बुक नेशनल युनिभर्सिटी अस्पताल थेगुमा उपचाररत थिए ।
उनलाई आफ्नो मेडिकल क्लिनिकमा आएका संक्रमितको जाँच गर्ने क्रममा संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ ।
कोरियामा कोरानाका कारण शुक्रबारसम्म उनीसँंगै मृत्यु हुने १७४ जना पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । त्यहाँ हालसम्म संक्रमित १० हजार ६२ छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस नियन्त्रणमा आइरहेको खबर सार्वजनिक भइरहेका बेला चिकित्सकको मृत्युले सिङ्गो चिकित्सा क्षेत्रले शोक मनाइरहेको उनका सहकर्मीले जनाएका छन् ।
उनीहरूले भनेका छन्, ’हामी हाम्रो सहकर्मीको उच्च सम्मान गर्दै कोरोनासँग डटेर लड्ने छौँ । कोरोना संक्रमित प्रत्येक बिरामी उपचारपछि सकुशल अस्पतालको ढोकाबाट मुस्कुराउँदै बिदा नभएसम्म हामी निरन्तर खट्ने छौँ ।’
कोरियामा कोरोना संक्रमणका कारण चिकित्सकको मृत्यु भएको यो पहिलो घटना हो । उक्त स्वास्थ्य सामग्री नेपाल एअरलायन्सको विमान आगामी चार्टर्ड गरिएका बखत नेपाल पु¥याइने छ ।
दक्षिण कोरिया सरकारले कोरियाबाट निर्यात गर्न बन्द गरेपछि उक्त स्वास्थ्य सामग्री चीनमै खरीद गरिएको हो ।
प्रतिक्रिया दिनुहोस