
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–५ ले आफ्नो वडामा बसोबास गर्दै आएका विपन्न परिवारलाई हिजो शुक्रबार र आज शनिबार गरी करिब एक हजार जानलाई राहत प्याकेज वितरण गरेको छ । प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा वितरण गरिएको उक्त राहत प्याकेज लिन वडा नंम्बर ५ मा बसोबास गर्दै आएका आम नागरिक र विभिन्न जिल्लाबाट हाँडीगाउँमा आएर ज्याला मजदुरी गर्दै बसेका परिवारको सहभागिता रहेको थियो ।
राहत वितरणका लागि वडाले सबैभन्दा पहिला टोलटोलमा गएर विपन्न वर्गको तथ्यांक संकलन गरेको बागमती प्रदेश काठमाडौं क्षेत्र नम्बर ५ ‘क’ सांसद नारायण सिलवालले बताए । ‘जोखिमको अवस्था छ,’ उनले भने ‘भरसक परिवारको संख्या हेरेर कम्तीमा एक सातालाई पुग्ने गरी राहत वितरण गर्न लागेका हौं ।’ लकडाउन अवधि हेरेर आवश्यकता देखिए पुनः राहत वितरण गछौं ।
‘हामीले सबैभन्दा पहिला वडामा बसोबास गर्ने महानुभावहरूको तथ्यांक संकलन गरेर फर्म भर्न लगायौं,’ उनले भने ‘त्यसपछि उहाँहरूलाई राहत दिनुपर्ने हो कि होइन भनेर घरबेटी तथा उक्त वडामा रहेका राजनीतिक दल, सामाजिक संघ संस्था एवम् समाजसेवीसँग बुझ्यौ ।’ अनिमात्रै राहत वितरण कार्यविधिले गरेको व्यवस्था अनुसार राहत वितरण गरेका हौं । खान नपाएर कसैले मर्नु पर्दैन, बरु कोरोनाबाट जोगिएर भने बस्न म सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले थपे ।
वडा नम्बर–५ ले शुक्रबार र शनिवारमात्र नभइ त्यस अघि पनि पटकपटक राहत बाडिसकेको काठमाडौं महानगरपालिका वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले बताए । उनले भने ‘हामीले ज्याला, मजदुरी गर्नेदेखि विपन्न परिवारलाई कोरोनाको यो महामारीमा सकैले भोक्कै बस्न नपरोस् भनेर राहत वितरण गरेका हौं ।’ राहत वितरण गर्न सहज नभएको उनले बताए । टोलटोलमा गएर तथ्यांक संकलन गर्दा समेत नामावलीमा नपरेका धेरै मानिस राहत बाडेको थाहा पाएर आउनु भयो,’ उनले भने ‘राहत वितरणलाई व्यवस्थित बनाउन हामीले कुपन सिष्मम अनुसार राहत बाडेका छौं । कुपन नपाउनेलाई दिन सकिएन ।’ उहाँहरूलाई हामी पुनः हुनसक्ने जति व्यवस्था गछौं ।’
राहत वितरणमा तथ्यांक संकलन गर्न अहोरात्र खटिएका त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीको टिमले वडा तथा टोललाई कोरोनाको संक्रमणबाट बचाउन किटनाशक विषादी छर्कनुका साथै सर–सफाइ समेत गरेको छ । यो विषम परिस्थितिमा अझै हामीले वडा बासीलाई सहज जीवनयापनको लागि सहजीकरण गर्नेदेखि अशक्त तथा बूढाबूढीहरूलाई कुनै सामानको आवश्यकता परेमा घरमै पुर्याइ दिने व्यवस्था समेत गरेका छौं,’ उनले भने ‘क्लबकोतर्फबाट पनि भोलि आइतबार एक सय १० जनालाई राहत वितरण गर्दैछौं ।’ वडामा राहत लिने परिवारले भन्दा फरक परिवारले यो राहत पाउने छन् । क्लबमा अहिले विभिन्न व्यक्ति तथा क्लबका सदस्यबाट करिब एक सय ३५ जनालाई राहतका लागि नाम सिफारिस भएर आएकोे उनले जानकारी दिए ।
वडाले विपन्न परिवारलाई चामल, दाल विस्कुट, चाउचाउ तथा बेकरीलगायतका खाद्यान्न राहत स्वरुप वितरण गरेको छ । बेकरी आइटम भने वडालाई बालुवाटारस्थित बिग बेकले निःशुल्क उपलब्ध गराएको हो । शनिबार एक हजार पिस बे्रड बाडेको बिग बेकका संचालक आशिस महर्जनले बताए । शनिबार हिरारत्न बेनिक्युटमा राहत लिन पुगेकी सीता दाहालले राहत पाउँदा खुशी लागेको बताइन् । राहत वितरणको लागि वडास्थित त्रिशक्ति क्लब, त्रिशक्ति महिला समूह, कैलासकुट क्लबलगायतका संघ संस्थाले पनि सहयोग गरेका थिए । राहत विरतरण सामुदायिक प्रहरीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस