aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कार्य क्षेत्रमा खटिने सञ्चाकर्मीलाई निशुल्क बीमासहित राहत प्याकेज माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
कार्य क्षेत्रमा खटिने सञ्चाकर्मीलाई निशुल्क बीमासहित राहत प्याकेज माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ, ललितपुर, भक्तपुर शाखाले बन्दाबन्दीको समयमा कार्यक्षेत्रमा खट्ने सञ्चारकर्मीलाई विशेष बीमासहित निःशुल्क उपचार, श्रमजीवि पत्रकारलाई तत्काल राहत प्याकेज घोषणा माग गरेका छन् । काठमाडौँ शाखा अध्यक्ष शान्तराम बिडारीले जोखिम मोलेर कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीले राहत प्याकेजको माग गरेको जानकारी दिए । 

उनले पत्रकारले नै सञ्चालन गरेका स्वरोजगारमुखी मिडियालाई पत्रिका प्रकाशन हुन नसकेको अवस्थामा पनि सरकारले दिने सहुलियत यथावत् कायम राख्नसमेत माग गरेको बताउनुभयो । कोभिड–१९ को कारणले साप्ताहिक, पाक्षिक पत्रिका बन्द भएका छन् । रासस
 

प्रतिक्रिया दिनुहोस