aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

स्मार्टडोकोबाट समान किनेर सेलपेमार्फत भुक्तानी गर्दा १० थान मास्क निशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
स्मार्टडोकोबाट समान किनेर सेलपेमार्फत भुक्तानी गर्दा १० थान मास्क निशुल्क

काठमाडौं । स्मार्टडोकोबाट समान खरिद गरेर सेलपेमार्फत भुक्तानी गर्दा १० थान मास्क निशुल्क पाईने भएको छ । स्माटै डोकोले लकडाउनको क्रममा किराना र आवश्यक वस्तुहरू डेलिभरी गर्नेछ र सेलपे मार्फत लेनदेन गर्ने प्रत्येक ग्राहकलाई १० पिस मास्क दिने भएको छ ।
 
स्मार्ट डोकोमार्फत काठमाडौं उपत्यकाका जो कोहिले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । 

ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत www.smartdoko.com मा लगइन गर्न सक्नेछन् र Android वा IOS बाट स्मार्टडोको एप्लिकेसन डाउनलोड गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउन सक्नेछन् ।  

प्रतिक्रिया दिनुहोस