aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

गैर सरकारी संस्था महासंद्वारा २६० परिवारलाई राहत वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
गैर सरकारी संस्था महासंद्वारा २६० परिवारलाई राहत वितरण

काठमाडौँ । नेपाल राष्ट्रिय गैर सरकारी संस्था महासंघले ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने मजदुर तथा निमुखाहरूलाई राहत वितरण गरेको छ । काठमाडौँ वडा नं ९ मा बसोबास गर्ने मजदुर तथा निमुखाहरूलाई २६० घर धुरीलाई राहत वितरण गरेको हो ।

१५ दिनलाई पुग्ने दाल, चामल, नुन, तेल, चिउरा लगायतको सामाग्री उपलब्ध गराइएको महासंघकी अध्यक्ष कुन्ती पोखरेलले जानकारी दिइन् । उनले भनिन् ‘हामीले घर गनेर भन्दा पनि खान नपाएका, दैनिक काम गरेर बिहान बेलुकाको छाक टार्ने, जस्तै तरकारी बेच्नेहरूलाई लक्षित गरेर राहत वितरण गरिरहेका  छौ ।’

यस संघै राष्ट्रिय गैर सरकारी संस्था महासंघले देश भरि छरिएर रहेका एनजीओहरुलाई विपदको समयमा आफ्नो समाजिक उत्तरदायीत्व पुरा गर्न ध्यानाकर्षण गर्दै विज्ञप्ति समेत जारी गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस