aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

लकडाउनमा अझ कडाइ, कोरोना देखिएका तीन जिल्लामा र्‍यापिड टेष्ट गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ चैत्र २०७६
लकडाउनमा अझ कडाइ, कोरोना देखिएका तीन जिल्लामा र्‍यापिड  टेष्ट गर्ने

 काठमडौं । सरकारले पछिल्लो पटक कोरोना देखिएका कैलाली कञ्चनपर र बाग्लुङ जिल्लामा र्यापिट टेष्ट शुरू गर्ने भएको छ । उक्त जिल्लामा बृहत टेस्टिङ शुरू गर्ने निर्णण आज बसेको मन्त्रीपरिषद्को बैठकले गरेको अर्थ, सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।   
त्यस्तै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षा उपकरण उपलब्ध गराउने पनि निर्णय सरकारले गरेको छ  ।  सुरक्षामा आँच आउन नदिने थप भत्ताको समेत व्यवस्था गर्ने आजको बैठकले निर्णय गरेको हो । यसअघि नै उपचार खटिएका चिकित्सक तथा अन्यलाई २५ लाख क्षतिपूर्ति दिने यस अघि नै निर्णय भइसहेको छ । लकडाउनलाई थप कडाइ गरिएको छ । एक प्रदेश र अर्को प्रदेशबीच आगमनमा समेत सरकारले बन्देजलगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस