aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

के हट्दैछ त भारतमा लकडाउन ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २३ चैत्र २०७६
के हट्दैछ त भारतमा लकडाउन ?

भारत । भारतमा लकडाउन हटाउने विषयमा छलफल शुरु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षता बसेको केन्द्रीय मन्त्रीहरुको एक बैठकमा लकडाउन हटाउने विकल्पमा छलफल शुरु भएको हो । 

समाचारमा लेखिएअनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आवश्यक निर्णय गर्ने अधिकारप्राप्त केन्द्रीय मन्त्रीहरुको यो समूहमा लामो समयसम्म लकडाउन गर्न नहुनेबारे छलफल भएको थियो । यद्यपि बैठकले लकडाउन हटाउने वा लम्ब्याउनेबारे केही निर्णय गरेन ।

एक समाचारअनुसार १४ अप्रिलबाट लकडाउन सकिने भन्दै एयर एसियालगायतका धेरै एयरलाइन्सहरूले टिकट बुकिङ जारी राखेका छन् । एयर एसियाका अधिकारीहरूले बुकिङ लिए पनि उच्चस्तरीय समितिले गर्ने निर्णय पालना गर्ने बताएका छन् । रेलवे कम्पनीहरू पनि सेवा सुरु गर्न तम्तयार भएर बसेको समाचारमा उल्लेख छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भारत सरकारले १४ अप्रिल (वैशाख २ गते) सम्म लकडाउन घोषणा गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस