
पर्सा । बुहारीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई शनिवार राती पक्राउ गरिएको हो ।
२५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको हो ।
मृतकको श्रीमान विदेशमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस