
काठमाडौं । विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४२८ पुगेको छ ।
कोरोना भाइरसले विश्वभर त्रास फैलाइरहेको छ । यस भाइरसको कारणले विश्वका लाखौं मानिसहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित बनाएको छ ।
चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् । अमेरिकामा संक्रमणदर पनि तीव्र रुपमा बढेको छ ।
विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७३८ जनाले ज्यान गुमाएका छन् ।
यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २६४ नयाँ संक्रमित थपिएका छन् ।
संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् । उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ ।
२४ घण्टामा थप २५ हजार १९३ जनामा संक्रमण भएसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ५५० पुगेको छ । जहाँ मृत्यु हुनेको संख्या ९ हजार ६१० छ । वितेको २४ घण्टामा अमेरिकामा १ हजार १५९ जनाले ज्यान गुमाएका छन् ।
दोस्रो धेरै संक्रमित स्पेनमा भएका छन् । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ३१ हजार ६४६ पुगेको छ । अहिलेसम्म स्पेनमा १२ हजार ६४१ जनाले ज्यान गुमाएका छन् । २४ घण्टाको अवधिमा ६९४ जनाको मृत्यु भएको छ ।
त्यस्तै सबैभन्दा धेरै इटालीका नागरिकले ज्यान गुमाएका छन् । इटालीमा १५ हजार ८८७ जनाको ज्यान गएको छ । बितेको २४ घण्टामा मात्रै इटालीमा ५२५ जनाको मृत्यु भएको छ।
यस भाइरसबाट २ लाख ६१ हजार ४ सय ८५ जना भने निको भएका छन् । अमेरिकामा ३ लाख ३६ हजार ५ सय ५० जनामा कोरोनाको संक्रमण देखिएको छ भने यस भाइरसबाट अमेरिकामा ९ हजार ६ सय १० जनाको मृत्यु भएको छ ।
इटालीमा यस भाइरसबाट मृत्यु हुनेको संख्या १५ हजार ८ सय ८७ पुगेको छ भने १ लाख २८ हजार ९ सय ४८ जनामा संक्रमण फैलिएको छ । चीनमा ८१ हजार ६ सय ६९ जनामा कोरोनाको संक्रमण रहँदा ३ हजार ३ सय २९ जनाको मृत्यु भएको छ ।
स्पेनमा यस भाइरसबाट १२ हजार ६ सय ४१ जनाको ज्यान गएको छ भने १ लाख ३१ हजार ६ सय ४६ जनामा कोरोना पोजिटिभ देखिएको छ । भारतमा ४ हजार २ सय ८८ जनामा कोरोनाले संक्रमण गराएको छ भने १ सय १७ जनाको यस भाइरसका कारण मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस