aarthiknews.com बुधबार, १५ जेठ २०८२   Wednesday, 28 May, 2025
 

अमेरिकामा लकडाउन नगर्दै ७ लाख मानिस वेरोजगार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
अमेरिकामा लकडाउन नगर्दै ७ लाख मानिस वेरोजगार

एजेन्सी । अमेरिकी अर्थव्यवस्थामा कोरोना भाइरसका कारण ठूलो क्षति भइरहेको देखिएको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ७ लाख १० हजार मानिस वेरोजगार भएको देखाएको छ ।

गत महिनामा अर्थात् मार्चमा अमेरिकी कम्पनीहरूले ठूलो संख्यामा कर्मचारीहरू निष्कासन गरेको देखाएको छ । अमेरिकी श्रम विभागले जारी गरेको तथ्यांकका अनुसार अमेरिकामा ७०१,००० रोजगार मार्चमा घटेएको छ ।  अमेरिकीमा बेरोजगारी दर ४.४ प्रतिशत पुगेको छ ।  विभागले स्वीकार गरेको छ कि कोविड १९ को असरबाट भएको घाटा यसको डाटामा समावेश गरिएको छैन । 

महामारीका कारण अमेरिकाका शहरहरू उजाड छन् र अधिकारीहरू मानिस र अर्थव्यवस्थामा हुने नोक्सानी रोक्न उपायहरू खोज्दैछन् । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीको सहयोग खोजेका छन् र हाइड्रोक्साइक्लोरोक्विन ट्याब्लेट उपलब्ध गराउन अनुरोध गरेका छन् । 

 अमेरिकामा व्यक्तिहरू ठूलो मात्रामा बेरोजगार भइरहेका छन् र यो संख्या अप्रिलमा बढ्ने अनुमान गरिएका् छ । ट्रम्प प्रशासनले आर्थिक क्षतिलाई ध्यानमा राखी अमेरिकामा लकडाउन घोषणा गरेको छैन।

 अमेरिकामा दैनिक जसो संक्रमणका विरामी बृद्धि भइरहेको छन भने मृत्यु हुनेको सख्या ९ हजार ६१६ पुगेको छ । अमेरिकामा कोरोना भाइरसको कारण संक्रमित हुने र मृत्यु हुने संख्याको वृद्धिदर धेरै देखिएको छ । 

प्रतिक्रिया दिनुहोस