aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

यस्तो छ आजको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
यस्तो छ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानिय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल देशका पहाडीका केही स्थानहरुमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहेको उल्लेख गरेको छ । 

पूर्वानुमानका अनुसार दिउँसो देशका पहाडी भू–भागमा अपरान्हपछि आंशिक बदली भई एकरदुई स्थानमा मेघ गर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । 

यसैगरी, देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । राति देशभर मौसम सामान्यतया सफा रहने पूर्वानुमानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस