aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने एकै दिन १८ सय ७  जना नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
उपत्यकामा ‘लकडाउन’ उल्लघंन गर्ने एकै दिन १८ सय ७  जना नियन्त्रणमा

काठमाडौं । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ४ सय ५२ महिला सहित  १८ सय ७  जनालाई नियन्त्रणमा लिएको छ । 

विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी  २ सय ४ वटा दुई पाङ्ग्रे र ९ वटा चारपाङग्रे गरी २ सय ४९ वटा  सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।  

काठमाण्डौबाट १३ सय ८६ जना, ललितपुरबाट २ सय २४ जना र भक्तपुरबाट १ सय ७८ जनालाई नियन्त्रणमा लिएको हो । 

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।  

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रहसमेत गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस