
न्यूजील्यान्ड । न्यूजील्यान्डको क्राइस्टचर्च शहरस्थित एक सुपरमार्केटमा एकजना पुरुषले जानाजान अरू मानिस सामु खोकेको र त्यसको भिडिओ खिचेको पाइएपछि उनीविरुद्ध अपमानजनक कार्यु गरेको अभियोग लगाइएको छ। ३८ वर्षीय रेमन्ड कुम्ब्सले आफू मदिराको नशामा रहेको र ठट्टाको रूपमा त्यसो गरेको बताएका छन्।
यता, ती पुरुषले आफ्नो कार्यबारे दुख व्यक्त गरेका छन्। त्यसरी अरूको अगाडि गएर खोक्नु अनि त्यसको भिडिओ बनाउने कार्य मूर्खतापूर्ण र असम्वेदनशीलु भएको भन्दै त्यसप्रति उनले दुस्ख व्यक्त गरेका छन्।
सो भिडिओ फेसबुकमा राखिएपछि भाइरल भएको थियो र त्यसले व्यापक आक्रोश उब्जाएको थियो। ती व्यक्तिविरुद्ध सुरुमा जनस्वास्थ्यसम्बन्धी आदेश उल्लंघन गरेको भन्दै फौजदारी अभियोग पनि लगाइएको थियो तर पछि त्यो अभियोग भने फिर्ता लिइयो। प्रधानमन्त्री जसिन्डा आर्डर्नले ती व्यक्तिलाई बेवकुफको संज्ञा दिइन्। बीबीसी
प्रतिक्रिया दिनुहोस