aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

जात्राका लागि स्थानीयका २ नगरपालिकामा सार्वजनिक बिदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ जेठ २०७६
जात्राका लागि स्थानीयका २ नगरपालिकामा सार्वजनिक बिदा

 काभ्रेपलाञ्चोक । स्थानीय पर्वका लागि बनेपा नगरपालिका र पाँचखाल नगरपालिकाले सार्वजनिक बिदा दिएका छन् ।

बनेपा नगरपालिकाले चण्डेश्वरी जात्रा तथा पाँचखाल नगरपालिकाले पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएका हुन् । बनेपाले समुदायको सहभागितालाई दृष्टिगत गरी चण्डेश्वरी जात्राका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले बताउनुभयो । शुक्रबार शुरु भएको चण्डेश्वरी जात्रा तीन दिनसम्म मनाइन्छ ।

पाँचखालले पनि देवी पलाञ्चोक भगवती जात्राका लागि आइतबार सार्वजनिक बिदा दिएको हो । जात्राका लागि नगरवासीलगायत मुलुकका विभिन्न क्षेत्रका समुदायको उपस्थिति रहने भएकाले आइतबार सार्वनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो । शुक्रबार शुरु भएको पलाञ्चोक जात्रा आइतबारसम्म चल्नेछ । रासस

प्रतिक्रिया दिनुहोस