aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोरोना भन्दा ट्रम्प खतरनाक !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
कोरोना भन्दा ट्रम्प खतरनाक !

 इरान । एक इरानी अधिकारीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस भन्दा पनि खतरनाक भएको बताएका छन् । कोरोना भाइरस रोकथामका लागि इरानमा ल्याउन लागिएको आवस्यक मेडिकल उपकरण तथा अत्यावस्यक सामग्री अमेरिकाले रोकेको भन्दै उनले यस्तो आरोप लगाएको अलजजीरले आफ्नो समाचारमा उल्लेख गरेको छ । 

इरानी नौसेनाका प्रमुख अली शमखानीले यस्तो प्रतिक्रिया दिएका हुन् । इरानी सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदका सचिव समेत रहेका उनले अमेरिकाले गरेको कामलाई मानवताविरोधी अपराध भएको पनि बताए ।

महामारीका बेला इरानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले गर्न लागेको सहयोगको प्रयासलाई पनि अमेरिकाले रोकेको उनको आरोप छ । ‘स्वास्थ्य सामग्रीमा प्रतिबन्ध लगाइनु अवैध र अमानवीय कार्य हो, र ट्रम्पको खुला शत्रुताको संकेत हो,’ शमखानीले भनेका छन् । सो कुरा शमखानीले ट्विट गर्दै सार्वजनिक गरेका हुन् । 

शमखानीले अघि भनेका छन्, ‘ट्रम्प कोरोना भाइरस भन्दा धेरै खतरनाक छन् ।’ इरानमा कोरोना भाइरसका कारण ३ हजार ६ सय को मृत्यु भइसकेको छ । ६० हजार संक्रमित भएका छन् ।

ट्रम्पले भने गत शुक्रबार कोरोनाविरुद्धको लडाइँमा इरानलाई सहयोग गर्नु आफ्नो नैतिक जिम्मेवारी भएको बताएका थिए ।

यद्यपि इरानबाट आफूलाई कुनै आग्रह नभएको पनि जिकिर गरे । ‘यदी उनीहरु भेट्न चाहन्छन् भने हामी भेट्न मन पराउँछौँ, र सबै कुरा सुल्झाउन चाहन्छौँ,’ ट्रम्पले भनेका थिए । २०१८ देखि ट्रम्प प्रशासनले इरानमाथि कडा प्रतिबन्ध लगाउँदै आएको छ । ट्रम्प शासनमा आएपछि इरानविरुद्ध अमेरिकाले ‘अत्याधिक दबाब’को नीति अवलम्वन गर्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस