
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको सम्बन्धमा दोस्रो पटक देशवासीको नाममा मंगलवार (भोलि) सम्बोधन गर्ने भएका छन् । सोमवार बसेको मन्त्री परिषद्को बैठकले यस सम्बन्धी छलफल भएको एक मन्त्रीले जानकारी दिए ।
ती मन्त्रीका अनुसार कोरोना संक्रमण दोस्रो चरणमा प्रवेश गरिसकेको हुनाले सो सम्बन्धमा उनको सम्बोधन हुनेछ । प्रधानमन्त्रीको सम्बोधनले केही विशेष कुरा पनि हुने सङ्केत उनले गरे ।
आजै बसेको मन्त्रीपरिषद् बैठकले वैशाख ३ गते सम्म लकडाउन बढाएको छ भने नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस