aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जम्मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ चैत्र २०७६
प्रदेश १ कोरोना जनसुरक्षा कोषमा ११ करोड ६५ लाख जम्मा

विराटनगर । प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा हालसम्म कूल रु. ११ करोड ६५ लाख ११ हजार ८ सय ३१ जम्मा भएको छ । 

कोषमा सोमबार थप रु. ५ लाख ९२ हजार ७ सय ४२ रुपैयाँ प्राप्त भएको हो ।

कोषमा आइतबारसम्म रु. ११ करोड ५९ लाख १९ हजार ८९ रुपैयाँ जम्मा भएको थियो । 

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । 

राष्ट्रिय बाणिज्य बैङ्क विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ । 

प्रतिक्रिया दिनुहोस