aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

नेपाल प्रहरीमा अब आधामात्र डिआईजी पद रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
नेपाल प्रहरीमा अब आधामात्र डिआईजी पद रहने

काठमाडौं । नेपाल प्रहरीमा  ८ प्राविधिकसहित ३४ डीआईजीको दरबन्दी रहेकोमा मन्त्रीपरिदको सोमबारको निर्णयसँगै  प्राविधिक बाहेकका २६ दरबन्दीमध्ये आधा कटौतीमा परेका छन् ।  मन्त्रिपरिषद्को सोमबारको बैठकले जनपदतर्फ डीआईजी दरबन्दी संख्या १३ मा झारेको हो।

अब प्रदेश प्रहरी कार्यालयमा  ७, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), विशेष ब्यूरो, लागुऔषध नियन्त्रण ब्यूरो र प्रहरी महानिरीक्षकको सचिवालयमा एक एक गरि १३ डीआईजीको दरबन्दी  हुने छ ।  

 अब नेपाल प्रहरीमा ९ जना मात्र डीआईजीको बढुवा हुनेछ। गृह मन्त्रालयले ७ प्रदेशमा ७ जना डीआईजीको दरबन्दी भने तोकिसकेको छ। डीआईजीका १३ दरबन्दी कटौतीसँगै बाँकी रहेका ९ वटा कोटामा हाल ३४ जना प्रतिस्पर्धी छन् । 

प्रतिक्रिया दिनुहोस