aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
प्रम ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । दोस्रो पटक थपिएको लकडाउनको पूर्वसन्धयामा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ । 

मंगलबार (आज) बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्ने भएको हो । 

उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार उक्त सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत हेर्न सकिने जनाएको छ । 

कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । 

यसअघि प्रधानमन्त्री ओलीले सो विषयमा यही चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।

देश लकडाउनको अवस्थामा रहेका बेला देखिएको विविध समस्या, आगामी कार्ययोजना, मन्त्रीहरुमाथी उठेका प्रश्नहरुबारे छलफल गर्न नेकपाको सचिवालय बैठकसमेत बस्ने तयारीसमेत भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस