aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोरोना कहरः भारतमा एकै दिन ४८९ नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
कोरोना कहरः भारतमा एकै दिन ४८९ नयाँ संक्रमित थपिए, १८ जनाको मृत्यु

भारत । भारतमा कोरोना भाइरसको संक्रमणका कारण हिजो एकै दिन १८ जनाको मृत्यु भएको छ । यस्तै सोमबार थप सात सय चार जनामा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टि थपिएका छन् । 

योसँगै कुल संक्रमितको संख्या चार हजार ७ सय ७८ पुगेको छ । मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ । अहिलेसम्म ३ सय ७५ जना संक्रमित स्वस्थ भएर घर फर्किएका छन् ।

भारतमा अहिलेसम्म एक लाख एक हजार भन्दा बढीको परीक्षण सम्पन्न भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस