
काठमाडौं । देशभरिकै मौसम मंगलवार सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । तर पहाडी क्षेत्रको केही ठाउँमा भने दिउँसोपछि बदली भइ चट्याङ सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।
मौसमविद्का अनुसार पश्चिमी वायु नेपाल प्रवेश गर्ने देखिएकाले मङ्गलबार राति भने पश्चिमी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । अन्य ठाउँको मौसम पनि एकछिन खुल्दै बादल लाग्नेछ ।
बुधबारदेखि केहि दिनको मौसम पूर्णरुपमा नखुल्ने मौसमविद्को भनाई छ ।
प्रतिक्रिया दिनुहोस