aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

कक्षा ११ र १२ को परिक्षा के हुन्छ ? बोर्डले आज निर्णय गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
कक्षा ११ र १२ को परिक्षा के हुन्छ ? बोर्डले आज निर्णय गर्दै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा मंगलवार निर्णय गर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमण तथा रोकथामको लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने बारेमा निर्णय गर्न लागिएको हो ।

आज दिउँसो बैठक बसेर कक्षा ११ र १२ को परीक्षा रोक्ने वा नरोक्ने भन्ने बारेमा निर्णय गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यसअघि कक्षा १२ को परीक्षा आउँदो वैशाख ८ गतेबाट तथा कक्षा ११ को आउँदो वैशाख २१ गतेबाट गर्ने निर्णय गरेको थियो । 

प्रतिक्रिया दिनुहोस