aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 

विश्व्यापी संकटका बेला सरकारलाई असफल देखाउन कुप्रचार गरियोः प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ चैत्र २०७६
विश्व्यापी संकटका बेला सरकारलाई असफल देखाउन कुप्रचार गरियोः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्व्यापी संकटका बेला सरकारलाई असफल देखाउन कुप्रचार गरिएको बताएका छन् । मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापी संकटका बेला एकजुट भई लड्नु पर्नेबेला कु–प्रचार भएको बताएका हुन्।

‘मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्व्यापी संकटमा एकजुट भई लड्नुपर्ने सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहित स्वास्र्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हुन,’ सम्बोधनमा प्रधानमन्त्रीले भनेका छन्, ‘ यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन। भ्रष्टाचार हुन नदिने र नगर्ने सरकारको प्रतिबद्धतालाई लगातारको कुप्रचारले कमजोर पार्न सक्ने छैन। कहीँ कतै भ्रष्टाचार भएको देखिएमा निर्ममतापूर्वक कारबाही गर्न सरकार पछि पर्दैन।’

प्रधानमन्त्री ओलीले काम नै गर्न नसक्ने र प्रक्रिया नै सुरु गर्न नसकिने गरी सरकारप्रति निराधार आरोप र प्रचारले अफ्ठेरो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित गर्ने पनि बताएका छन्।

कोरोना विरुद्ध लड्न सरकार पुर्ण तयारीमा रहेको आज देखि थप एक साताको लागि देश लकडाउन गर्न बाध्य भएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस