aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ जेठ २०७६
नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद

काठमाडौं । मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक ९एडीबी० परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । 


नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपियाँको परियोजनाको समय अवधि अगावै एडीबी फर्किने भएको हो । ‘मुआब्जा विवादका कारण आयोजना पटक–पटक प्रभावित हुँदै आएको छ, यो विषयले निकास नपाउने भएपछि हामी समय अघि नै फर्कन बाध्य भएका छौं’ –परियोजनाका एक अधिकारीले भने ।

३० महिना अविधिको परियोजनाको समय सीमा आगामी वर्ष सन् २०२० फेब्रुअरी अन्तिम सातासम्मको हो । एडीबी र सरकारको ऋण तथा अनुदानमा गोकर्णदेखि सिनामंगलको दुवै किनारा (पशुपति क्षेत्र बाहेक) को खण्डमा नदी किनारा सौन्दर्यका विविध काम भइरहेका छन् । सो खण्डको दुवै किनाराको करिब साढे १४ किमि क्षेत्रमा सौन्दर्यका गतिविधि भइरहेका छन् । तर मुआब्जा विवादले परियोजना पटक–पटक अवरुद्ध हुँदै आएको छ ।  नेपाल समाचारपत्र दैनिकबाट 

प्रतिक्रिया दिनुहोस